
काठमाडौं जेठ ७ ! प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरुले संसद बैठक अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने कार्यक्रम तय भएको थियो।
विगत केही दिनदेखि गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै रोष्टम घेराउ गर्दै आएका थिए । सर्वदलीय बैठकबाट निकास निकाल्ने प्रयास गरिए पनि आईतवार भएको संसद बैठकमा गृहमन्त्री लामिछानेले एकतर्फी अभिव्यक्ति दिएको कारण संसद बैठक अबरोध गरेको काँग्रेस नेताहरु बताउँछन् ।
लामिछानेले बैठकमा कांग्रेस महामन्त्री गगन थापाको बाहिर आएका विषय लगायत सबैका अन्य विषयहरुमा पनि संसदिय छानविन समिति गठन गर्नुपर्ने माग राखेका थिए।