कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दाको आज अन्तिम सुनुवाइ

समाचार

काठमाडौँ  जेठ ८ ! कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विरुद्धको भ्रष्टाचार मुद्दाको आज अन्तिम सुनुवाइ हुने भएको छ l अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको २० वर्षपछि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुने भएको हो l

न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले गत मंगलबार मुद्दाको सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैैमा राख्ने आदेश दिएको थियो l मुद्दा सर्वोच्चमा पुगेकै ११ वर्ष बितिसकेको छ l

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ पुस, २०६० सालमा पूर्वमन्त्री जोशी विरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 − = 84