संसदको अवेहलनामा गृहमन्त्री लामिछानेलाई कारबाही गर्न माग

मुख्य राजनीति समाचार

काठमाडौँ जेठ ७ ! उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बिरुद्द संसद्को अवेहलना गरेको भन्दै कारबाही गर्न माग गर्दै निबेदन दायर भएको छ l पुर्व कानुन मन्त्री एबं कांग्रेस उपसभापति तथा सांसद धनराज गुरूङले सोमबार उक्त निवेदन सभामुख देवराज घिमिरेलाई दिनुभएको हो l

निबेदनमा गृहमन्त्री लामिछानेले आइतबार सदनमा दिएको अभिव्यक्ति सत्य तथ्य नभएको भन्दै उनीमाथि कारवाहीको माग गरिएको  छ l

लामिछानेले बोलेको कुराहरु पुष्टि गर्न उनलाई चुनौति दिदै उपसभापति गुरुङले  ”उहाँले बोलेका कुराहरुको अडियो तथा भिडियो प्रतिनिधि सभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहिन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ । उहाँले बोलेको कुराहरु पुष्टि गर्न म उहाँलाई चुनौति दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथी कारवाही गर्न माग गर्दछु” भन्दै निवेदनमा लेख्नुभएको  छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 72