प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

मुख्य समाचार

काठमाडौँ जेठ ८ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ सहित सम्पूर्ण मन्त्रिहरुको पनि सम्पति सार्बजनिक भएको छ l

बिहीबारको मन्त्रिपरिषद बैठकले  मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो l प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ ।

स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ ।

प्रचण्डले आफ्नो नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात  विवरणमा देखाएका छन् । उक्त रकम प्रतिनिधिसभा सदस्यका रुपमा प्राप्त भएको स्रोत खुलाइएको छ  । विवरणअनुसार प्रधानमन्त्रीको नाममा अन्य कुनैपनि  पशु, ऋण, धन तथा अन्य सम्पति साधन नभएको उल्लेख छ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

50 − 44 =