काठमाण्डौ जेठ ८ ! साताको तेस्रो कारोबार दिन मंगलबार पनि लगातार शेयर बजार उत्साहजनक ढंगले बृध्दि भएको छ । सेयर लगानीकर्ताले खरिद बढाउँदा बजार बढेको छ मंगलबार कारोबार रकम भने घटेको छ ।
मंगलबार नेप्से २३.९४ विन्दुले बढेर २११५.९४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ३.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले बढेको छ। अघिल्लो दिन ५ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको नेप्से यस दिन ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको भएको छ l यस दिन ३१७ स्टकको ७३ हजार ६६७ पटकको कारोबारमा १ करोड ३२ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
५ स्टकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने साइन रेसुंगाको सर्बाधिक ४.१८ अंकले घटेको छ l सकारात्मक सर्किट लाग्नेमा जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत कम्पनी छन् l यसैगरी इष्टर्न हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर र महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन कारोबार रकम भने पोखरा फाइनान्सको बढेको छ l पोखरा फाइनान्सको २४ करोड ६४ लाख ७१ हजार पाँच सय ९४ रुपैया बराबरको कारोबार भएको छ l यसैगरी सबैभन्दा कम भने लक्ष्मी उन्नतिको रहेको छ l
यस दिन ट्रेडिंग र डेवलप्मेंट बैंक बाहेक सबै समुहको नेप्से परिसूचक उकालो लागेको छ l सबैभन्दा बढी उकालो लाग्नेमा फाइनान्स उपसमूहको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५५ प्रतिशतले बढेको छ । यस दिन कारोबार भएका १३ वटा समूहमध्ये ११ वटाको सूचक हरियो छ ।