आज आइपिएल सेमिफाइनल घमासान

खेलकुद समाचार

भारत न्यौपाने

काठमाडौं जेठ ११ ! इन्डियन प्रीमियर लीग (आईपीएल) को १७ औँ संस्करणको दोश्रो क्वालिफायर खेल शुक्रबार आज नेपाली समय अनुसार साँझ ७:४५ बजे बेलुका राजस्थान रोयल र सनराईजर्स हैदराबाद बीच हुनेछ।उक्त खेल चेन्नई स्थित एम. ए. चिदम्बर स्टेडियम मा हुनेछ। दुवै टीमलाई फाइनल सम्म पुग्नको लागि जित्नै पर्ने दबाब छ।

यस अघि पहिलो क्वालिफायर खेलमा कोलकत्ता नाइट राइड्स vs सनराईजर्स हैदराबाद भएको थियो, त्यस खेलमा कोलकत्ता नाइट राइड्सले ८ विकेटले सनराईजर्स हैदराबादलाई हराउदै फाइनल यात्रा तय गरी सकेको छ।

त्यस्तै गरी अर्कोतिर एलीमिनेटर खेलमा राजस्थान रोयलले, रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले हराउदै दोश्रो क्वालिफायरमा पुगेको हो।

आज बेलुका हुने उक्त खेल राजस्थान रोयल र सनराईजर्स हैदराबाद बीच जुन टीमले खेल जित्नेछ त्यसै टीम फाइनल चरणमा प्रवेश गरी कोलकत्ता नाइट राइड्स सँग उपाधि को लागि भिड्ने छ ।

दुवै टिमले १४ खेल खेली समान ५-५ खेल जितेर ३-३ ओटा खेल हारेका छन् भने दुवै टीमको अङ्क १७-१७ गरी बराबर रहेको छ।

पछिल्लो खेलहरुमा राजस्थान रोयल भन्दा सनराईजर्स हैदराबाद को प्रदर्शन राम्रो छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 6