सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल मा

खेलकुद समाचार

काठमाडौं जेठ १२ ! सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनल पुगेको हो ।

हैदराबादले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रन बनाउन सक्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ७५ रन बनाएको थियो ।
अब हैदराबादले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । कोलकता मङ्गलवार राति सम्पन्न पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल भोलि चेन्नईमा हुनेछ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 39 = 45