भरत न्यौपाने
एजेन्सी जेठ १३ ! इन्डियन प्रीमियर लीग (आईपीएल) को १७ औँ संस्करणको फाईनल खेल आईतबार कोलकत्ता नाइट राइडर्सले उपाधि जितेको छ l नेपाली समय अनुसार साँझ ७:४५ बजे बेलुका चेन्नई स्थित एम. ए. चिदम्बरम स्टेडियम भएको खेलमा कोलकत्ता नाइट राइडर्स जित हात पारेको हो l
कोलकत्ता नाइट राइडर्स र सनराईजर्स हैदराबाद बीच टस जितेर ब्याटिङ रोजेको सनराईजर्स हैदराबाद निर्धारित १८.३ ओभरमा अल आउट हुदै ११३ रन मात्र जोड्न सक्यो । जुन आईपीएलमा सनराईजर्स हैदराबादको लागि सबै भन्दा कम रनको योगफल थियो । जसमा ओपनर अभिषेक र ट्राभिस हेडको पार्टनरशिप खासै राम्राे भएन भने अरू ५ जना ब्याटमेनले पनि दाेहाेराे अङ्कको रन बनाउन सकेनन्, क्याप्टेन प्याट कमिन्सले सर्बाधिक २४ रन बनाएको थिए । त्यस्तै एडेन मार्कराम,नितिश कुमार रेड्डी र हेनरिक क्लासेनले क्रमश २०,२३ र १६ रन बनाएता पनि राम्राे प्रदर्शन गर्न सकेनन्।
कोलकत्ता नाइट राइड्सको तर्फ बाट रहमानउल्लाह गुरबाज र सुनिल नारायण ओपनरको रूपमा रहेको थिए । सुनिल नारायणले ६ रन मात्र जोड्न सके त्यस्तै अर्को ओपनर लेरहमानउल्लाह गुरबाजले ३९ रन को पारी खेलेका थिए। वेंकटेश अय्यरले २६ बलमा अजीवित ५२ रन जोडेको थिए भने क्याप्टेन श्रेयस अय्यरले ३ बल खेल्दै अजीवित ६ रनको योगफल बनाएको छन् यो सँगै कोलकत्ता नाइट राइड्सले १०.३ ओभरमै लक्ष्य पूरा गरी ८ विकेटले खेल जित्न सफल भएको छ।
यो सँगै आईपीएल १७ औ संस्करण २०२४ को विजेता भएको छ र अहिले सम्म आइपिएल इतिहासमा कोलकत्ता नाइट राइडर्सले ३ पटक उपाधि जितेको छ।