रबि बिरुद्द सडक आन्दोलनमा कांग्रेस

मुख्य समाचार

काठमाण्डौ जेठ १३ ! नेपाली कांग्रेसले काठमाडौं लगायत विभिन्न ठाउँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार कांग्रेसले सहकारी ठगी प्रकरणको छानविन र सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर प्रदर्शन गरेको हो l

सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो । विभिन्न ठाउँबाट र्‍याली निकाल्दै कांग्रेसका नेता कार्यकर्ता प्रदर्शनीमार्ग केन्द्रित भएका थिए । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनमा रविको नाम राख्नुपर्ने  माग गरेको  थियो । प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरुको उपस्थिति रहेको थियो l

बिरोध प्रदर्शन कार्यक्रममा विभिन्न नाराले गुन्जायमान भएको थियो l जीबी राइ कहाँ छ रविलाई थाहा छ भन्दै नारा घन्काएका थिए l

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने कार्यादेश बने पनि सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति नजिक पुगेको भनिए पनि समिति भने हुन सकेको छैन l

यसअघि कांग्रेस संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा सदन र सडक दुवै ठाउँबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो l

,

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 7 = 1