काठमाडौँ जेठ १९ l आइसीसी टी-२० विश्वकप नवौं संस्करणको क्रकेट खेल जुन २ अर्थात् आइतबारदेखि शुरु हुनेछ l यसपटक विश्वकपमा २० देशहरु सहभागी हुनेछन्। पहिलो खेल आयोजक अमेरिका र क्यानाडा बिच नेपाली समय अनुसार ६:१५ मा सुरु हुनेछ।
टी-२० विश्वकप २०२४ मा नेपाल समुह ‘डी’ मा रहेको छ । नेपालले समुह चरणको पहिलो खेल नेदरल्याण्ड बिरुद्द अमेरिकाको टेक्सासमा जुन ४ मा खेल्नेछ l नेपालको खेल नेपाली समय अनुसार बेलुका ९:१५ मा हुदैछ भने अरु खेलहरु बिहान ५:१५ मा हुनेछ। समुहमा नेपाल सहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । नेपालले जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्नेछ।
यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा को सहभागी हुनेछ। टी-२० विश्वकप क्रिकेट जुन २९ गते सम्म हुनेछ l
२०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा, इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि हात पारेको थियो । अहिले सम्म टी-२० विश्वकपको इतिहास हेर्ने हो भने सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २-२ पटक खेल जितेको छन्। इङल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्टइन्डिजले २०१२ र २०१६ मा टी-२० विश्वकप जितेको थियो । त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले गरी ४ रास्ट्रले १-१ पटक टी-२० विश्वकप जितेका छन् । भारतले टी-२० विश्वकपको पहिलो संस्करण २००७ मा जितेको थियो त्यस्तै अस्ट्रेलियाले २०२१ मा, श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो ।
अरु देशहरुले अहिलेसम्म टी-२० विश्वकप जित्न सकेका छैनन् । टेस्ट रास्ट्र न्यूजील्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो ।
नेपालले १० बर्षपछि टी-२० विश्वकपमा स्थान ओगटेको छ । नेपालले यस अघि टी-२० विश्वकप २०१४ खेलेको थियो। उक्त खेल बंगलादेशमा भएको थियो । टि २० विश्वकप २०१४ को क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेको थियो तर बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल बनेको थियो ।
विश्वकप २०२४ मा कप्तान रोहितकुमार पौडेल सहित १५ सदस्यीय नेपाली टाेली सहभागि हुँदैछन। उक्त नेपाली टिममा कप्तान रोहित पौडेल, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । समुह चरणको खेलमा नेपालले अमेरिकामा २ खेल र वेस्टइन्डिजमा २ खेल खेल्नेछ।