टि २० बिश्वकप: सुपर ओभरमा नामिबियाको रोमान्चक जित

खेलकुद समाचार

एजेन्सी जेठ २१ ! टी–२० विश्वकप अन्तर्गत समूह बी को  पहिलो खेलमा नामिबिया र ओमानबिचको खेल निर्धारित २० ओभरमा बराबरी भइ खेल सुपर ओभरमा नामिबिया बिजयी भएको छ l नामिबिया सुपर ओभरको रोमान्चक  खेलमा ११ रनले बिजयी भएको हो l

यस अघि खेलमा १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र जोड्न सक्यो l

नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन र निकोलास डाभिनले ३१ बलमा २४ रन जोडेका थिए l  दोस्रो बलमा नै ओपनर माइकल भान लिनगेन शून्य रनमा आउट भएपछी नामिबिया बिरुद्द दबाब परेको थियो l

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । खेलमा ओमानले निकै खराब सुरुवात गरेको थियो । पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

89 + = 94