नेप्से मापन परिसूचक सामान्य अंकको गिरावट

अर्थ बजार मुख्य

काठमाडौं जेठ २३ ! बिहिबार नेप्से मापक परिसूचकमा सामान्य अंकको गिरावट आएको छ l  बुधबार सामान्य अंकले घटेर बन्द भएको नेप्से परिसूचक बिहिबार पनि पुनः १.९३ अंकले घेटेको हो l

घटेर यस दिन नेप्से २०७७.७८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.२७ अंक, फ्लोट इण्डेक्स ०.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेको छ ।

कारोबार रकममा भने बढेको छ l बुधबार कारोबार रकम ३ अर्ब ९९ करोडको शेयर खरिदबिक्री भयेको थियो भने बिहिबार ४ अर्ब ३१ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ l

यसदिन ८६ लाख ८२ हजार कित्ता शेयर कारोबार भएको छ। यस दिन १२ उपसमूह मध्य ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटको छ। व्यापार उपसमूहको सबैभन्दा  धेरै  १.९६ प्रतिशत बढेको छ भने बित्त उपसमुह्को सबै भन्दा कम २.०८ प्रतिशत घटेको छ l

सबैभन्दा बढी कारोबार हुने कम्पनीमा बैंकिंगबाट एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक रहेको छ l  यस बैंकको  १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

 

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 9 =