Home मुख्य भारतमा निबर्तमान प्रधानमन्त्री मोदीलाई टेन्सन

भारतमा निबर्तमान प्रधानमन्त्री मोदीलाई टेन्सन

28
0
Google search engine

एजेन्सी जेठ २३ ! भारतीय  १८ औँ लोकसभा चुनावमा निबर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाइ झड्का लागेको छ l २०१९ मा एक्लै ३०३ सिट ल्याएको भाजपा यसपटक २४० सिट सिमित भएको हो l भाजपा एकल बहुमत् ल्याउनबाट चुकेको छ l निर्बाचन परिणामसंगै मोदीले सरकारबाट राजिनामा दिईसकेका छन् l

निर्वाचन परिणाम संगै भारतमा सरकार बनाउने खिचातानी सुरु भएको छ l भाजपाले पाएको मतले एकल सरकार निर्माण हुदैन l सरकार निर्माण गर्न २ सय ७२ सिट चाहिन्छ l  यसै बीच मोदीलाई सरकार निर्माण गर्न एनडीए गठबन्धनमा आबद्ध नीतिश कुमारको जनता दल युनाइटेड र चन्द्रबाबु नायडूको तेलेगु देशम् पार्टीको भर पर्नुपर्ने भएको छ l  दुवै पार्टीसँग क्रमशः १२ र १६ सिट छ । विपक्षी इन्डिया गठबन्धन पनि बहुमत जुटाउने कसरतमा निरन्तर नीतिश कुमार र चन्द्रबाबु नायडूसंग बार्तामा छ l

Google search engine
https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here