सुनमा भारी मूल्यको गिरावट

अर्थ बजार समाचार

काठमाडौं जेठ २७ ! सुनको मुल्यमा भारी अङ्कको गिरावट आएको छ। शुक्रबार तोलामा १ लाख ४५ हजार अहिले सम्मकै महँगो कायम भएको छापावाला सुन आईतवार १ लाख ४१ हजार  रुपैयाँ कायम भएको हो।

तोलामा ४ हजार रुपैयाँको गिरावट आएको छ । तेजाबी सुन आईतवार १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदीको मुल्य भने ७५ रुपैयाँले मात्र घटेको छ । यस दिन चाँदीको मुल्य १८२५ रहेको छ । शुक्रबार चाँदीको मुल्य १९०० रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनचाँदीको मुल्य अहिले सम्मकै महँगो मुल्य कायम भएको थियो । अन्तराष्ट्रिय मुल्यमा आएको उतारचढावको कारणले नेपालमा पनि मुल्य उच्च भएको थियो। तर आईतवार भने भारी मुल्य गिरावट आएको हो ।

बिहीबार तोलामा १ लाख ४४ हजार कायम भएको सुनको भाउ शुक्रबार अहिले सम्मकै उच्च मुल्य १ लाख ४५ हजार मुल्य कायम भएको थियो ।

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 7