काठमाडौं जेठ २७ ! भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन ५ सदस्यीय प्रतिनिधिमण्डल सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्नुहुने भएको छ । भारतीय प्रधानमन्त्री मोदीले आज साँझ तेस्रो कार्यकालको लागी सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ l
भ्रमण दलमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी हुने जानकारी दिइएको छ l प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको थियो l सपथ ग्रहणकार्यक्रममा सहभागी हुनजाने सम्बन्धमा बिहीबारको मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो l
यसैबीच प्रधानमन्त्री दाहालले आज साँझ नै समकक्षी मोदिसंग भेटबार्ता गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ l मोदीको सपथ ग्रहण कार्यक्रममा दक्षिण एसियाका सरकार प्रमुखलाई निमन्त्रणा गरिएको छ l विभिन्न देशका प्रतिनिधि तथा रास्ट्रप्रमुख समारोहमा उपस्थिति हुने कार्यक्रम रहेको छ l