Home मुख्य भारतीय प्रधनमन्त्री मोदीको तेस्रो कार्यकालकाको सपथ ग्रहण भव्य

भारतीय प्रधनमन्त्री मोदीको तेस्रो कार्यकालकाको सपथ ग्रहण भव्य

39
0
Google search engine

एजेन्सी जेठ २७! भारतीय प्रधानमन्त्री नरेन्द्र दामोरदास मोदी तेस्रो कार्यकालका लागी १६ औं प्रधानमन्त्रीको रूपमा भव्य समारोहको बिच सपथ ग्रहण गर्नु भएको छ। नयाँदिल्ली स्थित राष्ट्रपति भवनमा आज एक विशाल समारोहको बिच प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालको सपथ ग्रहण गर्नु भएको हो ।

भारतमा मोदी सहित ७२ जना जम्बो मन्त्रिमण्डलले सपथ ग्रहण गरेका छन् । नेहेरु पछि तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने मोदीले एक  नयाँ इतिहाँस रचेको भारतीय मिडियाहरुले बताएका छन् ।

एन्डिए गठबनधनद्वारा उहाँ पुनः भारतको प्रधानमन्त्री पदमा निर्वाचित हुनु भएको हो।

भर्खरै सम्पन्न निर्वाचनमा NDA गठनबन्धनले २ सय ९३ सिटमा जितेको थियो। भारतीय कांग्रेस सहितको इन्डिया गठबन्धनले भने २ सय ३३ जितेको थियो ।

सपथ ग्रहण समारोहमा

श्रीलंका राष्ट्रपति रानिल विक्रमसिंघे

मालदीपका राष्ट्रपति मोहम्मद मुइज्जू

नेपाल प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’

मॉरीशस प्रधानमंत्री प्रविंद कुमार जुगनुथ

सेशेल्स उप राष्ट्रपति अहमद अफीफ

भूटान प्रधानमंत्री शेरिंग टोबगे

बाग्लादेश प्रधानमंत्री शेख हसीना

को उपस्थिति रहेको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here