सन्दीपले टि-२० बिश्वकप खेल्ने

खेलकुद मुख्य

काठमाण्डौ जेठ २८ ! नेपालका बिश्व चर्चित क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका लागी वेस्टइण्डिजमा हुने दुई खेलहरूमा सहभागी हुने भएका छन् l क्यानका सचिव पारस खड्काका अनुसार खेलका लागी लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् ।

वेष्टइन्डिजमा हुने टी-२०विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा उनको सहभागिता  रहने क्यानले जनाएको छ l आइसीसीको सहयोगमा सन्दीपलाई  वेष्टइन्डिज पुर्याइएको क्यानले जनाएको छ l प्रतिश जिसीलाई रिजर्भमा राखेर पूर्व घोषित टिमबाट सन्दीपलाई खेलाउने तयारी गरिएको क्यानले जनाएको छ।

यस अघि सन्दिपलाई अमेरिकाले भिसा नदिए पछी अन्य मार्ग प्रयोग गरि वेष्टइन्डिज पुगेका हुन् l नेपालले जुन १२ मा  अमेरिका को सेन्टरल ब्रोवार्ड रिजनल पार्कमा श्रीलंकाबिरुद्द खेल्नेछ l वेष्टइन्डिजमा नेपालले जुन १५मा साउथ अफ्रिका र जुन १७ मा बङ्गलादेश संग खेल्ने कार्यतालिका रहेको छ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

53 − = 48