मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

समाचार

काठमाडौं जेठ २९ ! सोमबार काठमाडौंको माछापोखरीबाट मोटरसाइकल चोरीमा संलग्न एकजना ब्यक्ती पक्राउ गरेका छन्।

चोरीमा संलग्न रसुवाको आमाछोदिङमो गाउँपालिका ३ गलतान घर भई हाल कामनपा कपुर धारा बस्ने १९ वर्षिय सागर तामाङ्गलाई पक्राउ गरेको हो।

मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी बा ८५ प ६०६६ नम्बर राखी चलाइरहेको  अवस्थामा तामाङ्ग लाई पक्राउ गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

हराएको मोटरसाइकल रित्तिक थापाको ग २१ प ५७७७ नम्बर रहेको र गोंगबुँ ऐरीयाबाट हराएको उजुरीको आधारमा ट्राफिक प्रहरी कार्यालय खोजतलासमा उजुरी परेपछि खोजी गर्दा फेला परेको ट्राफिक कार्यालय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

सवार सुरक्षाको लागी चेनले बाध्ने, साइरन जडान गर्ने, हेण्डिल लक गरेर राख्ने जस्ता सुरक्षाको विधि अपनाउन प्रवक्ता श्रेष्ठको सुझाव रहेको छ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

25 + = 29