टी-२० विश्वकपमा बङ्गलादेश ४ रनले पराजित

खेलकुद समाचार

न्युयोर्क जेठ २९ ! टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्राको क्रममा बङ्गलादेशलाई ४ विकेटले पराजित गरेको छ। सोमबार नसाउ काउन्टी मैदानमा भएको समूह डी अन्तर्गतको खेलमा टोलीले बंगलादेशलाई ४ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र जोड्न सक्यो।

बंगलादेशका लागि तोहिद हृदोयले सर्वाधिक ३७ रन बनाए । अन्तिम ओभरमा आउट हुनअघि मोहम्मदुल्लाहले २७ बलमा २० रन जोडे । उनले दुई चौका प्रहार गरे । कप्तान नजमुल होसेन सान्तोले २३ बलमा १४ रन बनाए ।

समुह ‘डी’ अन्तर्गतको ३ खेलमा ६ अङ्क बटुल्दै दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा रहेको छ भने बंगलादेशले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोर्दै २ अङ्कसहित दोस्रो स्थानमा छ ।

कमेन्ट:
What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 56