काठमाडौँ जेठ २९ ! सर्लाहीको बाग्मती नगरपालिकामा निर्माण भएको भरत तालमा अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना बिरुद्द मुद्दा दायर गरेको छ l
आयोगद्वारा मंगलबार बाग्मती नगरप्रमुख भरत कुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालिन प्रशाकीय प्रमुख अधिकृत बिमलकुमार पोख्रेल, तत्कालिन योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, लेखा अधिकृत बिश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी बिरुद्द बिगो सहित माग दाबी गरी मुद्दा दायर गरेको हो l
बन परियोजनाको स्वीकृति बिना ढुंगा बालुवा गिट्टी लगायतका सामग्री भौगोलिक क्षेत्र बिग्रिने गरी उत्खनन गरेको आरोप लागेको छ l साथै उत्खनन परिणाम र बिक्रि परिणाममा पनि भिन्न्ता रहेको अभियोग पत्रमा उल्लेख छ l ३० करोड भन्दा बढी रकम राज्यलाई नोक्सान गरको भनि माग दाबि गरिएको छ l