Home खेलकुद नेपाल र श्रीलंकाबिच कडा प्रतिस्पर्धा

नेपाल र श्रीलंकाबिच कडा प्रतिस्पर्धा

30
0
Google search engine

एजेन्सी जेठ २९ ! आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नवौं संस्करणको २३ औं क्रीकेट खेल जुन १२ अर्थात् बुधबार बिहान ५:१५ मा नेपाल र श्रीलङ्का बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस खेल अमेरिकाको फ्लोरिडा स्थित ब्रोवार्ड काउन्टी स्टेडियममा हुनेछ।

यस खेल अरु खेलहरु भन्दा निकै रोमाञ्चक हुने देखिएको छ। किनभने पहिलो पटक अन्तराष्ट्रिय स्तरमा नेपाल र श्रीलङ्का आमुन्ने सामुन्ने हुँदैछन्। यो दुवै राष्ट्रको लागि नै नयाँ अनुभव हुनेछ।

Google search engine

दुवै राष्ट्र समुह ‘डी’ मा रहेको छन्। टी -२० विश्वकप २०१४ मा श्रीलङ्काले ट्रफी जितेको थियो। इन्डियासँगको फाइनल खेलमा निकै राम्रो प्रदर्शनको बावजूद खेल आफ्नो पोल्टामा पार्न सफल भएको थियो। उक्त टी-२० विश्व कप २०१४ को आयोजक राष्ट्र बंगलादेश थियो । सन् २००९ र २०१२ मा गरी श्रीलङ्का २ पटक फाइनल चरणमा पुगेता पनि जीत हासिल गर्न सकेको थिएन ।

टि -२० बरियतामा नेपाल १७औँ र श्रीलङ्का ८औं स्थानमा छ । आइसीसी टी-२० विश्वकप २०२४ मा नेपालले १ खेल खेलेको थियो जुन खेलमा नेदरल्याण्डसँग हार्न पुगेको थियो भने श्रीलङ्काले बंगलादेश र साउथ अफ्रिका दुवै राष्ट्रसँग खेली २ खेलमा हार नै बेहोरेको थियो । यो सँगै दुवै राष्ट्रहरु अङ्क विहीन रहेका छन।

यस खेलमा नेपाल वा श्रीलङ्का दुबै राष्ट्रको लक्ष्य जीत हासिल गरी अङ्क जोड्ने हुनेछ । नेपालले भोलि श्रीलङ्का बिरुद्दको खेलमा जीत निकाल्न सकेमा सुपर एट को संभावना कायम हुनेछ भने यदि श्रीलङ्काले खेल हारेमा ग्रुप चरण देखि नै बाहिरेनेछ । नेपाललाई पनि सुपर यटमा पुग्न खेल जित्न पर्ने दबाब पर्नेछ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here