धनुषा जेठ ३१ ! उपेन्द्र यादवले नेतृव गर्नुभएको जनता समाजबादी पार्टी नेपालको अध्यक्ष निर्बिरोध निर्वाचित भएपछी अन्य सबै पदमा निर्बाचन हुने भएको छ l अध्यक्ष पदमा एक मात्र उमेद्वारी परेपछि यादब भने निर्बिरोध निर्वाचित हुनुभएको हो l
आज जनकपुरमा १४०० भन्दा बढी प्रतिनिधि रहेको महाधिवेशनमा पदाधिकारी सहित २०१ सदसिय केन्द्रीय कमिटिको मनोनयन दर्ता भएको छ l पदाधिकारीमा सह अध्यक्षमा लालबाबु राउत, राज्किश्वर यादब र रकम चेम्जोंगको उमेद्वारी परेको छ l
यसै गरी उपाध्यक्ष पदमा पाँच जनाको उमेद्वारी परेको छ l उपाध्यक्ष पदमा सरोजकुमार यादब, हरिनारण यादब, अर्जुन थापा, गोबिन्द चौधरी मृगेन्द्र यादब रहेका छन् l महासचिबमा मनिस सुमन, दिपक कार्की र विजय यादब रहेका छन् l यसैगरी उपमहसचिबमा ५ जना विधानमा रहेकोमा ७ जनाको उमेद्वारी परेको छ l कोषाध्यक्षमा १ जना विधानमा रहेकोमा ५० जनाको उमेद्वारी परको स्रोतले जनाएको छ l छन् l