Home मुख्य झुट्टा विवरण पेश गरी नागरिकता लिने खोज्ने तीन भारतीय नागरिक पक्राउ

झुट्टा विवरण पेश गरी नागरिकता लिने खोज्ने तीन भारतीय नागरिक पक्राउ

29
0
Google search engine

काठमाडौँ जेठ ३१ ! झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने ३ जना भारतीय नागरिक पक्राउ परेका छन् l पक्राउ पर्नेमा भारत घर भइ हाल कामनपा वडा नं १४ बस्ने बर्ष ५१ का हरियोम गुप्ता भन्ने हरियोम कुमार, सोही स्थान बस्ने २० बर्षिय ऋषि गुप्ता र सोही स्थान बस्ने १८ बर्षे हर्ष गुपा रहेका छन् l

हर्ष गुप्ता र ऋषि गुप्ता ले आफु संगै रहेका बाबु बेपत्ता भएको भन्दै भारतीय नागरिक रहेको तथ्यलाइ समेत् लुकाउदै नागरिकता एन २०६३ को दफा ३ (१ )बमोजिम नागरिकता लिन झुट्टा विवरणबनाइ मुचुल्का समेत बनाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निबेदन दिएको आधारमा जिल्ला प्रसाशन कार्यालय ले निबेदन लेखी अनुसन्धानको लागी प्रहरी परिसर काठमाडौंलाइ पठाएको प्रहरी स्रोतको भनाइ छ l

तिन बाबु छोरालाइ पक्रेर उनीहरुलाई नागरिकता एन को दफा बमोजिम कसुरमा कारबाही गर्न अदालतबाट  ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ l

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here