नेपालले साउथ अफ्रिकालाई जित्नै पर्ने दबाब

खेलकुद मुख्य समाचार

एजेन्सी जेठ ३२ ! आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नवौं संस्करणको ३१औं क्रीकेट खेल जुन १५ भोलि अर्थात् शनिबार बिहान ५:१५ मा नेपाल vs साउथ अफ्रिका खेल्दै छन् । यस खेलमा नेपाल  साउथ अफ्रिकालाई जित्नै पर्ने दबाब रहेको छ। वेस्ट इन्डिज स्थित अर्नोस भेल स्टेडियममा हुने खेलमा नेपालले अन्तिम ८ मा स्थान बनाउन खेल जित्नै पर्ने दबाब रहेको छ।

यस खेल अरु खेलहरु भन्दा निकै रोमाञ्चक हुने मानिएको छ। किनभने पहिलो पटक नेपाल र साउथ अफ्रिका आमुन्ने सामुन्ने हुँदै छन्। यो दुवै राष्ट्रको लागि नै नयाँ अनुभव हुनेछ। दुवै राष्ट्र समुह ‘डी’ मा रहेको छन्।

टि -२० बरियतामा नेपाल १७औँ र साउथ अफ्रिका ८औं स्थानमा छ । आइसीसी टी-२० विश्वकप २०२४ मा नेपालले १ खेल खेलेको थियो जुन खेलमा नेदरल्याण्डसँग हार्न पुगेको थियो साथै दोश्रो खेल श्रीलङ्का सँग १२ तारिक मा हुने भनिएको खेल वर्षाको कारण अवरुद्ध हुँदा दुवै टीमले १-१ समान अङ्क बाँडेका थिए ।साउथ अफ्रिकाले बङ्गलादेश, नेदरल्याण्ड र श्रीलङ्कासँग ३ खेल खेली ३ नै खेलमा सहज जीत हात पारेको थियो। यो सँगै साउथ अफ्रिका ६ अङ्क सहित शीर्ष स्थानमा रहेको छ भने नेपाल १ अङ्क सहित चौथो स्थानमा रहेको छ।

भोलिको खेलमा नेपालको रणनीति साउथ अफ्रिका लाई हराउने हुनेछ। नेपालले जीतेको खण्डमा २ अङ्क प्राप्त गरी ३ अङ्क हुनेछ । नेपालले भोलि साउथ अफ्रिका बिरुद्दको खेलमा जीत निकाल्न सकेमा सुपर एट को संभावना कायम हुनेछ भने यदि नेपालले खेल हारेमा ग्रुप चरण देखि नै बाहिरेनेछ ।

साउथ अफ्रिकाले भने भोलीको नेपाल विरुद्धको खेल अघि नै सुपर एटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =