काठमाडौं जेठ ५ ! मंगलबार नेप्से परिसूचक घटेरको छ। गत साताको बिहीबारदेखि हाल सम्म पनि नेप्सेले ओरालो यात्राललाई निरन्तरता दिएको छ।
आज नेप्से परिसूचक १८.७६ अंक घटेर २०७६.४९ विन्दुमा आएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक घटेको छ।
मङ्गलबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब ४७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ५८ हजार ११९ पटकको कारोबारमा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।