Home अर्थ बजार धितोपत्र बोर्डको अध्यक्ष छनोटमा अन्योलता

धितोपत्र बोर्डको अध्यक्ष छनोटमा अन्योलता

166
0

काठमाडौँ असार  ५! धितोपत्र बोर्डको अध्यक्षमा पुनः अन्योलता देखिएको छ । आईतवारलाई उमेद्वारहरुको अन्तरवार्ता तोकिए पनि  पांच जना सर्ट लिष्टेड उमेद्वारहरु मध्य तिन जना अनुपस्थित भए पछि छनोट समितिले बुधबारको लागी अन्तरवार्ता तथा कार्यप्रस्तुती मिति सारेको थियो बुधबार पनि तिनै जना उमेदवार अनुपस्थित रहे यसै कारण पुनः अन्योलता तिर गएको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको तीन सदस्यीय धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई आइतबार अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको थियो । तर, सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ बाहेक बाँकी तीन जना उम्मेदवार चिरञ्जीवी चापागाई, कृष्णबहादुर कार्की र डा. नवराज अधिकारी अन्तर्वार्तामा उपस्थिति हुन जानाजान मानेनन्  र उनीहरूले मोबाईल अफ गरेका थिए।

सर्टलिस्टको बहुमत उम्मेदवार आइतबारको अन्तरवार्तामा अनुपस्थित भएपछि छनोट समितिले बुधबार पुनः वार्ताका लागि तीन जनालाई बोलाएको थियो । तर, यस दिन पनि तीनै जना उम्मेदवार अन्तरवार्तामा अनुपस्थित भइदिएपछि बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्दतर्फ धकेलिएको बुझिएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here