काठमाडौं ! पछिल्लो समय नेपाली बजारमा नेपाली टूथपिकले बजारको माग धान्दै आएको छ। पहिले चाइना, भारत लगायत अन्य मुलुकहरु देखि आयात भईरहेको टुथपिक आजभोलि नेपाली बजारमा नेपाली टुथपिकले निकै चर्चा कमाईरहेको छ।
तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले टूथपिक आयातमा भन्सार शुल्कमा १० प्रतिशतलाई १५ प्रतिशतमा वृद्धि गरे सँगै ६०-७० % आयात प्रतिस्थापन गर्दै नेपाली बाँस, निगालो लगायतबाट उत्पादित टूथपिकले बजार धान्न थालेको हो ।
बजारमा माग भए बमोजिम एन.सि.एग्रोटेक इन्डष्ट्रिज प्रा. लि ले टुथपिक लगायत राजा च्याउ, कोईला, ससेज स्टिक लगायत उत्पादन गर्दै आइरहेको छ। उक्त कम्पनीले टूथपिक उत्पादनमा राम्रो प्रभाव कायम गर्दै अन्य लोकल कम्पनीलाई बिक्री वितरण गरी बजारमा ल्याएको बताएको छ। साथै होटल तथा घर लगायतमा खपत हुँदै आएको छ ।
एनसी एग्रोटेक कम्पनीका निर्देशक दीपक प्रसाद न्यौपानेले जानकारी दिए अनुसार अबको केही समय पछि आयात पूर्ण रुपमा बन्द हुने गरी काम भइरहेको जानकारी दिए। यसको लागी सरकारसँगको समन्वयमा उत्पादन थप गर्न पहल भइरहेको जानकारी दिए ।
पहिले चीन देखि आयात गर्ने व्यक्तिहरुले अहिले एन.सी ब्रान्ड को टुथपिक, ससेज स्टिक लगायत अन्य बासजन्य समानहरु स्वदेशी उत्पादनलाई नै बजारीकरण गरीरहेका छन्। चाइनिज प्राविधिकबाट प्रविधि भित्रिएको चाइनिज जस्तै राम्रो फिनिशिङ भएकाले यसको बजार निकै राम्रो देखिन्छ। करोडौं लगानीमा संचालनमा आएको यस उद्योगले बासजन्य थुप्रै उत्पादनहरु गरेको छ । कम्पनीले अत्याधुनिक चाइनिज प्रविधिको मेसिनहरुबाट नेपालमा नै उत्पादित बासको प्रयोग गरी चाइनिज क्वालीटीको टुथपिकहरु उत्पादन गरेको छ।
आजभोलि नेपाली टुथपिक नेपाल भरी नै माग भईरहेको छ तर पनि चोरी, पैठारी साथै भन्सार ठगी गरी सामानहरु आइरहँको हुँदा राज्यले पनि ध्यान दिनु जरुरी रहेको कम्पनीका सञ्चालक बताउँछन। लुकीछिपी पैठारीलाई कारबाही गरी बन्द गर्न आवश्यक रहेको उनको भनाई थियो। साथै भन्सार शुल्क प्रतिशतलाई २० देखि २५ प्रतिशत सम्म पुर्याएर मूल्याङ्कन 3 डलर भए नेपाली कम्पनीलाई फाइदा पुग्ने सञ्चालक न्यौपानेको भनाई थियो।
यस कम्पनी सुरू गर्नु भन्दा पहिले विभिन्न कम्पनीहरुले नेपालमा नै टुथपिक उत्पादन गरेता पनि दिगो रुपमा काम गर्न सकेको थिएनन् त्यसको बाबजुद कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको थियो साथै ठूला- ठूला बहुमूल्य मेसिनहरु कबाडीको भाउमा बेच्न बाध्य भएका थिए। हाल सरकारले बनाएको नीतिमा नेपाली उत्पादनलाई प्रोत्साहन दिने खालको वातावरण बन्दै गएको छ। यसमा नेपाल सरकारले थप ध्यान, चासो र सहयोग गरेको खण्डमा नेपाली बासबाट उत्पादित टुथपिकहरुले आगामी दिनमा अझ बढी बजार पाउने छन र नेपाल आत्मनिर्भर बन्नेछ।