माओबादी केन्द्रको संसदीय दलको ह्वीप उल्लङ्घनमा कार्बाहीमा परेका सांसद देबकोटाले दिए सर्वोच्चमा रिट

मुख्य राजनीति

काठमाडौँ ! माओबादी केन्द्र गण्डकी प्रदेशको संसदीय दलको ह्वीप उल्लङ्घन गरेको भन्दै कार्बाहीमा परेका तत्कालिन सांसद फणीन्द्र देबकोटाले सर्वोच्च अदालतमा रिट निबेदन दिएका छन् l २०७९ को निर्वाचनमा माओबादी केन्द्रको चुनाब चिन्ह(गोलाकार भित्रको हँसिया हथौडा) लिएर  गोरखा २(क) बाट चुनाब जितेका उनले नेपाल समाजबादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र मोओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच सहमति भई माओबादी केन्द्रको चुनाब चिन्ह लिएर सयुक्त रुपमा एकल चिन्हमा निर्बाचनको लागी दल दर्ता गरी चुनाबमा गएको जिकिर गर्दै रिट दर्ता गरेका हुन् l

देवकोटाले आफू नेपाल समाजवादी पार्टी(नेसपा)को  सांसद भएको कारण देखाउदै,  माओवादी केन्द्रको संसदीय दलले कारबाही गर्न नमिल्ने  तर्क गर्दै बिहिबार रिट निबेदन दिएका छन् । –

तत्कालिन सांसद देबकोटाले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट निबेदन दिएका हुन् । साथै  देवकोटाले जेठ २९ र जेठ ३२ को सूचना कार्यान्वयन नगर्न र प्रदेशसभा सदस्यकै  हैसियतमा पूर्ववत् कामकाज गर्न कुनै अवरोध नगर्नु  भनी अन्तरिम आदेशको माग समेत गरेका छन् ।

हालका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले उनलाई कारबाही गरेको थियो l हाल उनी गण्डकी प्रदेशका मन्त्रीसमेत रहेका छन् l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 16