मौलिक नेपाली खाना मार्फत पर्यटन प्रबर्दन, विचार गोष्टि समन्न

अर्थ बजार समाचार

काठमाडौँ ! ग्यास्ट्रोनोमी टुरिजम एसोसिएसन अफ नेपालले “चौथो बार्षिक उत्सब”  तथा “मे २०२५ मा सगरमाथा आधार शिविरमा बिश्व सेफ सम्मेलन घोषणा” कार्यक्रममा मौलिक नेपाली खाना मार्फत पर्यटन प्रबर्दन विचार गोष्टि समन्न गरेको छ l बिहिबार काठमाडौँको बुढानिलकण्ठ स्थित पिकोलो रेस्ट्रोमा भएको कार्यक्रममा मौलिक नेपाली रैथाने खानालाई अन्तरास्ट्रियकरण गरी पर्यटन प्रबर्दन गर्ने बिषयमा विचार आदानप्रदान भएको हो l

कार्यक्रमको मौलिक रैथाने खाना र संस्कृतिलाई अन्तरास्ट्रियकरण गरी पर्यटक आकर्षण गर्ने उदेश्य रहेको संस्थाका अध्यक्ष रेमश कुमार भण्डारीले जानकारी दिए l यसअघि पनि नेपाली ग्यास्ट्रोनोमीलाई लोकल्ली र ग्लोबल्ली प्रचारप्रसार  गर्न विभिन्न कार्यक्रम गरिरहेको उनको भनाई थियो l नेपाली मौलिक खानालाई निरन्तर प्रयोगमा ल्याउन सबैलाई अनुरोध गर्दै “भान्सा सुधार्नु भनेको स्वास्थ्य सुधार्नु” भएको अध्यक्ष भण्डारीको भनाई थियो l यसले स्वच्छ बाताबरण निर्माण गर्ने र किसानको साथै देशलाई पनि आर्थिक फाइदा पुग्ने उनको जिकिर थियो l यस कुरालाई सरोकारवाला निकाय र सबै नेपालीले बुझ्नुपर्ने उनले बताए l

ग्यास्ट्रोनोमी टुरिजम एसोसिएसन अफ नेपालले विभिन्न जनचेतना मुलक कार्यक्रम तथा लोकल खानाको विविधिकरण तालिम पनि गर्दै आएको  छ l कार्यक्रममा अन्तरास्ट्रिय रुपमा नेपाली खानाको प्रबर्धन गर्ने उदेश्य सहित २०२५ को मे महिनामा सगरमाथा आधारशिविरमा बिश्व सेफ सम्मेलन गर्न लागीएको बारे पनि घोषणा गरिएको थियो l

कार्यक्रममा प्रतिनिधि सभा उपसभामुख इन्दिरा मगरको पनि उपस्थिति रहेको थियो l उपसभामुख मगरले आफुले अहिले पनि रैथाने उत्पादनको खाजामा कोदोको रोटी बनाएर लिएर आएको जनाकारी दिईन l साथै मौलिकतालाइ सबैले अंगाल्नु पर्ने भनाई व्यक्त गरिन् l

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो l साथै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख, उपप्रमुख, टानका अध्यक्ष, हानका अध्यक्ष लगायत विभिन्न संघ संस्थाका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो l

कार्यक्रममा नेपाली मौलिक उत्पादित परिकारको प्रदर्शन समेत गरिएको थियो l यसै बीच एनसी अग्रोटेक प्रालिका निर्देशक दिपक प्रसाद न्यौपानेले ओर्गानिक राजा च्याउको परिकारका साथै, स्याम्पल टेस्ट पनि वितरण गरेका थिए l न्यौपाने कार्यक्रममा सम्मानीत व्यक्ति समेत हुन् l एनसी अग्रोटेकले राजा च्याउ, कोइला, टुथपिक लगायतका सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ l

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =