एसईईको नतिजा सार्वजनिक,४७.८६ ले मात्र ११ पढ्ने

मुख्य समाचार

काठमाण्डौ ! माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरी कक्षा ११ मा पढ्न पाउनेभएका हुन् । जसमध्य एक सय ८६ जनाले चार जिपीए प्राप्त गरेका छन् ।

परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको ४७.८६ प्रतिशत विद्यार्थीले मात्रै उत्तीर्ण गरेका हुन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ९२ जना अर्थात् ५२ प्रतिशत विद्यार्थी (एनजी) फेल भएका छन्। बाँकी अनुसार २ सय २१ जना विद्यार्थीहरुको परीक्षा रद्द भएको कार्यालय ले जनाएको छ।

नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीसमय लाग्ने बोर्डले जनाएको छ ।

बोर्डले २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट सजिलै हेर्न सकिने जनाईएको छ ।
जसको लागी आफ्नो मोबाइलको मेसेज बक्समा गएर SEE symbol no लेखि 34949 मा मेसेज गर्नुपर्नेछ । १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा सुन्न सकिन्छ ।

राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट result.see.gov.np/result मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको वेबसाईट www.see.ntc.nt.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ । कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६ दशमलव २५ अङ्क नल्याउने विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ ।

विद्यार्थीले दुई विषयसम्म ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । जुन विषयमा एनजी भएको हो त्यही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । यस्ता विद्यार्थीले तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 ÷ 1 =