काठमाडौँ ! प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान काँग्रेस र एमालेलाई चुनौती दिएका छन् । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्नेक्रममा उनले यस्तो चुनौती दिएका हुन् ।
उनले काँग्रेस र एमालेलाई संविधान चलाउने कुदृष्टि नगर्न चेतावनी समेत दिएका छन्। उपलब्धीहरू उल्टाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसको आफूले प्रतिवाद गरेको बताए । साना तथा जातीय क्षेत्रिय पार्टीहरूलाई गर्भमै सिद्धाउन लागेका भन्दै दुई दलिय पश्चिमा सिन्डिकेट लाद्न खोजेको ले साना दलले बुझ्नु पर्ने र भोट हाल्नुपर्ने बताए।
‘संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व बढाउ । बिपन्नको पहुँच बढाउँ’ उनले भने,’तपाईंहरूलाई अहिले २०४७ सालको बाडुल्की लागिरहेको होला । के अब त्यतै फर्किने हो ?
उनले यस संविधानबाट प्राप्त अधिकार खोस्ने कोशिश गरिए अधिकार प्राप्त जनता चुप लागेर नबस्ने चेतावनी समेत दिएका थिए।
उनले संविधान संशोधन गर्ने भए दलितलाई पनि १३ प्रतशित प्रतिनिधित्व दिन प्रस्ताव गरेका छन् । ‘ महिला, उत्पीडित, मधेसी, अल्पसंख्यालाई राज्यका निकायमा रोक्ने प्रयास किमार्थ सफल हुँदैन’, उनले भने,’प्रतिनिधित्व नै सुनिश्चित गरौं । ५० प्रतिशत हुनेगरी संशोधन गरौं। हामी पुरुषले के लछारेका छौं ? ‘