काठमाण्डौ ! नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीले पूर्णता पाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हिजो बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो।
यस पछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ । यसअघि असार १६ देखि २० सम्म काठमाण्डौमा भएको दशौँ महाधिवशेनले ९३ जनाको नाम घोषणा गरेर बाँकी थप गर्ने निर्णय गरेको थियो। दुई सय ५१ सहित ३ सय ४४ केन्द्रीय कमिटी सदस्यको नाम घोषणा भएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई अनुमोदन गरे पनि अन्य पदाधिकारी चयन थाती राखेको थियो। आगामी बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत तोकिने पाण्डेयले बताउनुभयो ।
एकिकृत समाजवादीको केन्द्रीय कमिटीले पायो पूर्णता
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1