काठमाडौँ ! शुक्रबार सुनको भाउ हालसम्मकै महँगो भएको छ। सुन भाउ तोलामा ३००० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो भने यस दिन छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ।
बिहीबार चाँदी प्रतितोला १ हजार ७९५ रुपैयाँमा खरिदबिक्री भएको थियो भने शुक्रबार चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1