Home अर्थ बजार पेट्रोलियम पदार्थको मूल्य घटेको छ

पेट्रोलियम पदार्थको मूल्य घटेको छ

18
0

काठमाडौं ! नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ।

डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच रूपैयाँ तथा पेट्रोलमा प्रतिलिटर चार रूपैयाँले भाउ घटाएको हो। काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४९ बनाएको छ ।

भारतीय आयल निगमबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमको बोर्ड बैठकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here