Home मुख्य संवैधानिक परिषद्को बैठक सोमबार बस्ने

संवैधानिक परिषद्को बैठक सोमबार बस्ने

31
0
Google search engine

काठमाडौं! संवैधानिक परिषद्को बैठक सोमबार साँझ पाँच बजे बालुवाटारमा बस्ने भएको छ। बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने कार्यसूची रहेको छ।

यस अघि शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे छलफल भए पनि निष्कर्षमा पुग्न सकेको थिएन।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि कार्यकाल सकिँदैछ, नयाँ प्रधानन्यायाधीशको संसदीय सुनुवाई पनि गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। न्यायपरिषद्ले ८ जना न्यायाधीशहरूको सूची संवैधानिक परिषदलाई पठाइसकेको छ। न्यायपरिषद्ले वरिष्ठताको आधारमा प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here