उपत्यकामा आज इन्द्रजात्रा भव्यरुपमा मनाइँदै

रोचक समाचार

काठमाडौँ ! उपत्यकामा आज वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी  इन्द्रजात्रा पर्व मनाइँदैछ ।

भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व  उपत्यका को काठमाडौँ,भक्तपुर, ललितपुरका साथै  धुलिखेल, दोलखालगायतका विभिन्न स्थानमा मनाइने गरेको पाइन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने चलन रहेको पनि पाइन्छ l

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुन्छ l

जात्रामा बिशेष गरि नेवार समुदायले लिङ्गोको फेदमा भैरवको पूजा, रथयात्रा र देवीदेवताको पूजाआराधना गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

 

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 1