काठमाडौं ! खानपानमा ध्यान नदिँदा चाडबाडको समय धेरै व्यक्तिको पेट सम्बन्धी समस्या देखिने गर्दछ । दशैं तिहारको बेला धेरै खाने चलन पनि रहेको छ। यसबाट सबैभन्दा बढी नेपालीहरु पेटको रोगबाट ग्रसित हुने गर्दछन् । यसमध्ये अपच हुने पनि एक महतत्वपूर्ण रोग हो।
हामीले खाएका खाना पचाउन शरीरको भित्री अंगहरु आमासय, आन्द्रा, पाकथैली र मुखमा र्याल सक्रिय हुने गर्दछन् । तर पनि धेरै नेपालीमा खाना नपच्ने अर्थात अपचको समस्या हुने गरेको पाइन्छ । अपच हाम्रो असावधानीका कारणले हुने जटिल समस्या हो।
अपच हुनुका कारण : – खाना राम्रोसँग नचपाइकन खानु -चिल्लो, मसलेदार पिरो खाना खानु – कुसमयमा खाना खानु वा लामो समय भोको बसेर खानु - आवश्यक समय निन्द्र नपुग्नु – शारीरिक परिश्रम कम हुनु – काचो, बासी वा सडेको खाना खानु – मन नलाग्दा पनि बढि खानु
- अपचका लक्षणहरु :
– खाना खाएपछि अमिलो डकार गर्नु
–जीउ भारी भए जस्तो हुन्छ
– छाती पोल्नु
– बान्ता आउनु
– पेट फुल्नु
– टाउको दुख्नु
– अस्वभाविक पसिना आउनु - अपच भए समाधानका उपाय :
– एक टुक्रा अदुवामा केही थोपा कागतीको रस र बिरे नुन मिसाएर चपाएर खाने ।
– पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस मिसाएको ताजा अचार खाने ।
– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने ।
– प्रशस्त पानी पिउने र बान्ता आउन खोज्यो भने नरोक्ने ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1