कर्मचारी सरुवामा आर्थिक चलखेल

मुख्य राजनीति समाचार

धनगढी ! सुदूरपश्चिम प्रदेश सरकारलाई कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोप लागेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कात्तिक ७ र आर्थिक मामिला मन्त्रालयले कात्तिक १३ गते कर्मचारी सरुवा गरेको हो। बाँकी मन्त्रालयले कात्तिक १४ गते कर्मचारी सरुवा गरेका हुन्।
मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला मन्त्रालयसहित अन्य मन्त्रालयहरूले गरेको कर्मचारी सरुवा नियम सँगत, निष्पक्ष र पारदर्शी नभएको गुनासो गरिएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई यो वर्ष सेटिङमा कर्मचारी सरुवा गरेको आरोप लागेको छ। मन्त्रालयले आर्थिक चलखेल गरेर कैलाली र कञ्चनपुरमा पहाडी जिल्लाबाट सरुवा भएका मध्ये ५० प्रतिशत भन्दा बढी कर्मचारी भित्र्याएको छ। कैलाली र कञ्चनपुरबाट पहाडी जिल्ला सरुवा हुने कर्मचारीको सङ्ख्या भने न्यून छ।
कात्तिक ७ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ४४ जना कर्मचारीको सरुवा ग¥यो। यस्तै, कात्तिक १४ गते भौतिक पूर्वाधार विकास मन्त्रालयले ४३ जना कर्मचारीको सरुवा गरेको छ।
प्रदेश सरकारले यो पटक प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी कार्यविधि, २०७७ विपरीत गरेको छ। कार्यविधिमा बझाङ, बाजुरा, दार्चुला, अछाम र बैतडी जिल्लामा कार्यरत कर्मचारीलाई डेढ वर्षपछि सरुवा गर्न मिल्ने व्यवस्था छ।

दरबन्दी नै नभएको कार्यालयमा सरुवा

मन्त्रालयले चार वर्ष भू तथा जलाधार कार्यालय बैतडी बसेका इन्जिनियर विनोद शाहलाई सरुवा गरेको छैन भने सडक उपसमूहका रमेश भट्टलाई स्यानिटरी उपसमूहको कर्मचारीको दरबन्दी हुने खानेपानी तथा सरसफाइ कार्यालयमा काज सरुवा गरिएको छ। यस्तै, सडककै सव–इन्जिनियर सुरेशकुमार मण्डललाई उनको पदको दरबन्दी नै नभएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरा पठाइएको छ। भट्ट र मण्डल दुबै जनालाई यातायात पूर्वाधार निर्देशनालयबाट डोटी र डडेल्धुरा धपाइएको हो। सडक उप–समूहको कर्मचारीको खानेपानी कार्यालयमा दरबन्दी नै छैन। तर, लखेटाइमा परेका भट्ट र मण्डल खानेपानी सरुवा भएका छन्।
यी हुन् एक वर्षमा सरुवा हुने सव–इन्जिनियरहरू
एक वर्षमै सरुवा हुन पाउने भाग्यमानी कर्मचारी मध्ये बैतडीमा कार्यरत सव–इन्जिनियर सुरेशकुमार शाहको सरुवा कैलाली भएको छ। यस्तै, कञ्चनपुरमा कार्यरत लक्ष्मणकुमार न्यौपाने, डोटीमा कार्यरत मनिराम लामिछाने, डडेल्धुरामा कार्यरत डेनबहादुर खत्री र बझाङमा कार्यरत इन्जिनियर टेकराज विनाडीको सरुवा कैलालीमा गरिएको छ। एक वर्षमै सरुवा हुनेमा इन्जिनियर महादेव विष्टको बझाङबाट तथा सव–इन्जिनियर मेनुका जोशीको अछामबाट कञ्चनपुर सरुवा गरिएको छ। कर्मचारी सरुवामा चलखेल भएको गुनासो आफूकहाँ समेत पुगेको मुख्यमन्त्री शाहले बताए। उनले तिहारको बिदापछि मन्त्रालयहरूसँग सरुवाको विषयमा बुझ्ने बताएका छन्।

प्रशासनका आठौ अधिकृत नवराज भट्टले नियम कानुनको धज्जिया उडाउदैँ, आर्थिक चलखेलमा सरवा LIST साथै सरुवाको टिप्पणी समेत उठाएका छन् ।स्रोतको दावी अनुसार यसमा अक्तियारले समेत पत्र काटेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी सरुवा विभेद र आर्थिक चलखेल गरेको दाबी कर्मचारी स्रोतको छ। कैलाली र कञ्चनपुर जिल्लामा लामो समय काम गरेर गत वर्ष मात्रै सरुवा भएका कर्मचारीलाई यो पटक पुरानै कार्यालयमा फर्काइएको छ। पहुँच र चलखेल गर्न नसक्ने कर्मचारीको भने दुर्गमबाट थप दुर्गमा जिल्लामा गरिएको छ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 1