Home अर्थ बजार अमेरिकी सहायक विदेशमन्त्री लु र अर्थमन्त्री पौडेल बिच सिंहदरबारमा भेटवार्ता

अमेरिकी सहायक विदेशमन्त्री लु र अर्थमन्त्री पौडेल बिच सिंहदरबारमा भेटवार्ता

33
0
Google search engine

काठमाडौँ ! उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक चीन भ्रमण गरेर विभिन्न बिआरआई अन्तर्गतका प्रोजेक्टमा हस्ताक्षर गरेर आए लगत्तै लु नेपाल आएका हुन्। अर्थ मन्त्रालयमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेको बुझिएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here