Home अर्थ बजार शुक्लागण्डकी नगरपालिकाको दुई करोड लगानीमा ‘प्रिमिक्स कार्पेट पिच’, स्थानीय खुशी

शुक्लागण्डकी नगरपालिकाको दुई करोड लगानीमा ‘प्रिमिक्स कार्पेट पिच’, स्थानीय खुशी

321
0

तनहुँ, शुक्लागण्डकी । दुलेगौंडा–हर्कपुर मोटरमार्ग अन्तर्गत पर्ने बेसारेगौंडा टारखण्डको सडक खण्डमा प्रिमिक्स कार्पेट प्रविधिबाट कालोपत्रे सम्पन्न भएको छ। शुक्लागण्डकी नगरपालिका–११ मा पर्ने यो सडक खण्डको कालोपत्रे नगरपालिकाको दुई करोड दुई लाख रुपैयाँको लगानीमा गरिएको हो।

सडक कालोपत्रे सम्पन्न भएसँगै यहाँका स्थानीयवासी निकै खुसी देखिएका छन्। वर्षौंदेखि धुलो, हिलो र उकालो–ओरालोबाट गुज्रिन बाध्य नागरिकहरूले अब सहज र सुरक्षित आवागमनको अनुभव गर्न थालेका छन्।

२०५० को दशकमा ट्रयाक खोलिएको भए पनि यो सडक वर्षौंदेखि उपेक्षित जस्तै थियो। दैनिक प्रयोगमा आउने यो मार्गमा वर्षातको समयमा हिलो र सुक्खा याममा धुलोले सास्ती हुने गरेको स्थानीयवासीको गुनासो थियो। अब भने सडकमा कालोपत्रे भएपछि सर्वसाधारणदेखि गाडी चालकसम्म सन्तुष्ट देखिन्छन्।

बुधबार शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले कालोपत्रे सम्पन्न सडकको निरीक्षण गरेका थिए। निरीक्षणपछि उनले भने, “यस मार्गको स्तरोन्नति मेरो चुनावी प्रतिबद्धता मध्ये एक थियो, जुन आज पूरा भएको छ। जनताको सेवामा समर्पित भएर नगरको पूर्वाधार विकासमा निरन्तर लागिरहने छु।”

कालोपत्रे सडकले शुक्लागण्डकी नगरपालिका–११ का बासिन्दासँगै आसपासका क्षेत्रलाई समेत फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ। विद्यालय, स्वास्थ्य संस्था, कृषि बजार जस्ता सार्वजनिक सेवामा पहुँच सहज हुने भएकाले आर्थिक तथा सामाजिक गतिविधि समेत तीव्र हुने स्थानीय नेताहरूको भनाइ छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here