Home अर्थ बजार नेप्से परिसूचक बुधबार पनि सामान्य गिरावटसँगै कारोबार सुरु

नेप्से परिसूचक बुधबार पनि सामान्य गिरावटसँगै कारोबार सुरु

315
0

काठमाडौं, वैशाख १० ! नेपाली पुँजी बजारमा गिरावटको क्रम बुधबार पनि जारी रहेको छ। अघिल्लो दिनको तुलनामा आजको प्रारम्भिक कारोबार (प्रि-ओपन सेसन) मा नेप्से परिसूचकमा ०.६३ अंकको गिरावट आएको छ।

अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ९.९६ अंकले घट्दै २६८८.३२ विन्दुमा बन्द भएको थियो। आज पहिलो सत्रमा परिसूचक २६८७.६८ विन्दुमा झरेको छ, जुन हाल बजारमा अलिकति दवाब कायमै रहेको संकेत हो।

विश्लेषकहरूको भनाइमा, बैंक तथा वित्तीय संस्थाहरूको नाफामा आएको संकुचन, बजारमा तरलता अभाव, र लगानीकर्तामा भविष्यको अनिश्चितताबारे चासोले गर्दा बजारमा ओरालो लाग्ने क्रम जारी छ।

लगानीकर्ताको मनोबल प्रभावित

पछिल्ला केही साता यता बजारमा उतारचढाव तीव्र देखिएको छ। ठूला कम्पनीहरूको शेयरमूल्यमा आएको दबाब, ब्याजदर सम्बन्धी अनिश्चितता, तथा नीतिगत स्पष्टता नहुनुजस्ता कारणले लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको बजार विश्लेषकहरूले बताएका छन्।

के छ अगाडि बजारको सम्भावना?

बजार स्थिर हुन र सकारात्मक संकेत देखिन बजार नियामक निकायहरू, विशेष गरी नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको भूमिकालाई निर्णायक मानिएको छ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको ढिलाई पनि एक कारण रहेको शेयर बिज्ञहरुले तर्क गरेका छन् l नीति स्पष्टता, लगानीमैत्री वातावरण र पारदर्शिता कायम गर्ने दिशामा ठोस पहल भएमा बजारमा सुधारको सम्भावना देखिन्छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here