Home अर्थ बजार सुनको मूल्यमा भारी गिरावट

सुनको मूल्यमा भारी गिरावट

510
0

काठमाडौं, वैशाख १० ! नेपाली सुन बजारमा मंगलबार कायम भएको ऐतिहासिक मूल्य रेकर्ड बुधबार टिक्न सकेन। एकैदिनमै सुनको मूल्य तोलामा ७,५०० रुपैयाँले घटेर पुन: घटेको मूल्यमा फर्किएको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। यो दर मंगलबारको तुलनामा निकै कम हो। मंगलबार (वैशाख ९ गते) भने छापावाल सुनको मूल्य तोलामा ६,९०० रुपैयाँले वृद्धि भई ऐतिहासिक १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो।

यसरी हेर्दा, मंगलबार रेकर्ड कायम गरेकै भोलिपल्ट बुधबार त्यति नै तीव्रताका साथ मूल्य घट्नुले बजारमा चासो र चर्चा बढाएको छ।

चाँदीको मूल्य पनि घट्यो

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १,९६५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य १,९७० रुपैयाँ थियो।

मूल्य घट्नुको सम्भावित कारण

विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको अस्थिरता, अमेरिकी डलरको दरमा उतारचढाव, अमेरिकी फेडरल रिजर्भको नीति संकेत, र विश्व राजनीतिक परिदृश्यका कारण सुनको मूल्यमा हरेक दिन ठूला उतारचढाव देखिन थालेका छन्।

 

–संवादाता सुराकी खबर डट कम

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here