Home मौसम तापक्रम अझै वृद्धि हुने

तापक्रम अझै वृद्धि हुने

83
0
Google search engine

काठमाण्डौ, ३१ वैशाख ! जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम पछिल्ला दिनहरूमा ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुगेको छ। हिजो ३१.१ डिग्री मापन भएको तापक्रम आज ३३ डिग्रीसम्म पुग्ने अनुमान छ।लुम्बिनी र मधेश प्रदेशको तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रेकर्ड गरिएको छ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागमा तापक्रम बढ्दो छ। यो गर्मी पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलबाष्पयुक्त हावाको प्रभावका कारण कायम रहेको महाशाखाले जनाएको छ।

अत्यधिक गर्मीको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। गर्मीबाट जोगिन छाता, टोपी, हल्का कपडा प्रयोग गर्न र प्रशस्त पानी पिउन महाशाखाले सुझाएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here