Home मुख्य जेठ १५ गते उच्च सुरक्षा सतर्कता अपनाउन आईजिपी थापाको निर्देशन

जेठ १५ गते उच्च सुरक्षा सतर्कता अपनाउन आईजिपी थापाको निर्देशन

124
0
Google search engine

काठमाडौं जेठ ४ ! आईजीपी दिपक थापाले जेठ १५ गतेका लागि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। राजावादी समूहले सो दिन प्रदर्शन गर्ने घोषणा गरेकाले, थापाले सबै प्रहरी इकाइलाई तयारी अवस्थामा रहन भनेका छन्।

नेपाल पुलिस क्लबमा आयोजित बैठकमा उनले भने, “कानून कार्यान्वयन, जनताको सुरक्षा र जनजीवन सहज बनाउने कामलाई प्राथमिकता दिनुहोस्।” प्रदर्शनका क्रममा कुनै अराजक गतिविधि सह्य नहुने भन्दै, उनले प्रहरीलाई शान्ति र सुव्यवस्था कायम राख्न निर्देशन दिएका छन्।

पछिल्लो समय प्रहरी कर्मचारीबीचको झगडाको घटनालाई लिएर थापाले गम्भीर चिन्ता व्यक्त गरे। नागढुंगा चेकपोष्टमा ट्राफिक इन्स्पेक्टरले सिभिल प्रहरी जवानमाथि हातपात गरेको घटनालाई उदाहरण दिँदै, उनले भने, “पब्लिकको अगाडि ठूलो दर्जाको अफिसरले सानो दर्जाको कर्मचारीमाथि हातपात गर्नु संगठनका लागि लज्जास्पद कुरा हो।”

थापाले प्रहरी संगठनभित्र अनुशासन र मर्यादा कायम राख्न जोड दिए। उनले थपे, “गलत काम गर्ने प्रहरी कर्मचारीलाई संगठन विधिअनुसार कारवाही हुन्छ, तर अन दी स्पट हातपात गर्नु उचित होइन।”

 

आईजीपी थापाको नेतृत्वमा नेपाल प्रहरीले शान्ति, सुरक्षा र अनुशासनमा विशेष ध्यान दिइरहेको छ। उनको निर्देशनले प्रहरी संगठनलाई थप जिम्मेवार र जनमैत्री बनाउने अपेक्षा गरिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here