Home मुख्य ‘सगरमाथा संवाद’का सहभागी विशिष्ट विदेशी पाहुनाहरूद्वारा हिमालको मनमोहक दृश्यअवलोकन

‘सगरमाथा संवाद’का सहभागी विशिष्ट विदेशी पाहुनाहरूद्वारा हिमालको मनमोहक दृश्यअवलोकन

56
0
Google search engine

काठमाडौं जेठ ५ ! काठमाडौंमा आयोजित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनाहरूलाई हिमालको मनमोहक दृश्य देखाइएको छ। आज बिहान पर्वतीय उडान अर्थात् ‘माउन्टेन फ्लाइट’ मार्फत पाहुनाहरूलाई विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमशृङ्खलाको अवलोकन गराइएको हो।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुनाहरू यो विशेष उडानमा सहभागी हुनुभएको थियो। यो कार्यक्रमलाई परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार करिब एक घण्टाको यो ‘माउन्टेन फ्लाइट’मा पाहुनाहरूले हिमालको काखमा रमाउँदै अविस्मरणीय दृश्यको आनन्द लिनुभयो। उहाँले यो उडान नेपालको साहसिक पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here