Home मुख्य मानव तस्करसंग सेटिङ मिलाएको आरोप लागेका सहसचिव भट्टराई छुटे

मानव तस्करसंग सेटिङ मिलाएको आरोप लागेका सहसचिव भट्टराई छुटे

296
0

काठमाडौं जेठ ८ ! गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न देश पठाएको आरोपमा अनुसन्धानका लागि हिजो (मे २१, २०२५) दिउँसो पक्राउ गरेको थियो। बोलाएको समयमा उपस्थित हुने कागज गरेर छाडेको हो ।

आज (मे २२, २०२५) बिहीवार बिहान १० बजे अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ। यो घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा उनको कार्यकालमा भएका गतिविधिहरू माथि गम्भीर प्रश्न उठाएको छ, जहाँ उनले प्रमुखको जिम्मेवारी सम्हालेका थिए। भट्टराई पटकपटक विवादमा मुछिने निजामती कर्मचारीका रूपमा पनि चिनिन्छन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here