Home अर्थ बजार बजेटमा पूँजीगत लाभकर वृद्धिको हल्ला

बजेटमा पूँजीगत लाभकर वृद्धिको हल्ला

163
0
Google search engine

काठमाडौं जेठ १२ ! नेपाल सरकारले आगामी बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर (Capital Gains Tax – CGT) लाई १० प्रतिशत पुर्‍याउने तयारी गरेको समाचार बाहिरिएको छ। उक्त समाचार बाहिरिए सँगै सेयर बजार पनि केही नकारात्मक हुने सङ्केत देखिएको छ।
हाल सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर अल्पकालीन (१ वर्षभन्दा कम अवधि होल्ड गर्ने) लगानीकर्ताका लागि ७.५% र दीर्घकालीन (१ वर्षभन्दा बढी अवधि होल्ड गर्ने) लगानीकर्ताका लागि ५% रहेको छ। नयाँ प्रस्तावअनुसार यो दरलाई १०% मा एकरूपता ल्याउने सम्भावना छ, जसले सेयर बजारका लगानीकर्ताहरूलाई प्रभाव पार्न सक्छ।केही विश्लेषकहरूले यो कर वृद्धिले सेयर बजारमा अल्पकालीन कारोबारलाई प्रभावित गर्न सक्ने र लगानीकर्ताहरूको मनोबलमा असर पर्न सक्ने बताएका छन्।
यद्यपि, एक्समा केही प्रयोगकर्ताहरूले यो कर अन्तिम कर (Final Tax) हुनुपर्ने, वार्षिक कुल नाफामा गणना हुनुपर्ने, र घाटा भएमा ३ वर्षसम्म Carry Forward गर्न सकिने व्यवस्था हुनुपर्ने सुझाव दिएका छन्।
यो नीति कार्यान्वयन भएमा सेयर बजारको गतिशीलता र लगानीकर्ताहरूको रणनीतिमा परिवर्तन आउन सक्छ। थप जानकारीका लागि सरकारको आधिकारिक बजेट घोषणा कुर्नुपर्ने हुन्छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here