Home राजनीति माल्टामा राजदूत नेपालले पेस गरे ओहदाको प्रमाणपत्र

माल्टामा राजदूत नेपालले पेस गरे ओहदाको प्रमाणपत्र

118
0
Google search engine

माल्टा जेठ  १७ !  नेपाल सरकारका तर्फबाट स्पेन तथा माल्टाका लागि नियुक्त राजदूत शनिल नेपालले माल्टाका राष्ट्रपतिसँग आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्। राजधानी भ्यालेट्टामा आयोजित एक औपचारिक समारोहमा राजदूत नेपालले महामहिम राष्ट्रपति मिरियम स्पिटेरी डेबोनोसमक्ष प्रमाणपत्र पेस गरेका हुन्।

समारोहका क्रममा राजदूत नेपाल र राष्ट्रपति डेबोनोबीच दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यबारे हार्दिक छलफल भएको थियो। पर्यटन, व्यापार, जलवायु परिवर्तनमा सहकार्य, र सांस्कृतिक आदान–प्रदानलगायतका विषयहरूमा आपसी चासो र सम्भावनाबारे विचार–विमर्श भएको जनाइएको छ।

राजदूत नेपालले नेपालको राष्ट्रपतिको शुभकामना तथा नेपाली जनताको सन्देश समेत राष्ट्रपति डेबोनोलाई हस्तान्तरण गरेका थिए। उनले माल्टामा रहेका नेपाली समुदायको सेवामा प्रतिवद्धता जनाउँदै दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने इच्छा व्यक्त गरे।

राजदूत नेपालले माल्टाको आतिथ्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नेपाल–माल्टा सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा व्यक्त गरेका छन्।

#नेपालमाल्टा#राजदूतशनीलनेपाल #नेपालीडायस्पोरा #मित्रता_र_सहकार्य

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here