काठमाडौं, जेष्ठ १७ ! लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई, नेपालले लायन वर्ष २०२५/२०२६ का लागि आयोजना गरेको एकदिने ‘PVST Officer Schooling’ कार्यक्रम काठमाडौंको स्मार्ट दरबार होटलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा बागमती एरियाका नव नियुक्त अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षहरूलाई नेतृत्व विकास र जिम्मेवारी सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विशेष प्रशिक्षण प्रदान गरिएको थियो।
प्रशिक्षण अनुभवी लायन्स लिडरहरूद्वारा आकर्षक र प्रभावकारी तरिकाले सञ्चालन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता मनोनीत डिष्ट्रीक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा LCIF एरियाल लिडर तथा International Director Indorse का उम्मेदवार लायन राजन लम्साल, पोखरा महानगरपालिकाका मेयर एवं PDG लायन धनराज आचार्य, PDG लायन इन्दु लम्साल, PMCC तथा PDG लायन मन बहादुर रोक्का, PDG लायन राम बहादुर बसेल, IPDG तथा मोटिभेशनल स्पिकर लायन चन्द्र कुमार के.सी र District Governor लायन विनोद ढुंगाना लगायतका विशिष्ट लायन्स नेताहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्र बागमती एरियाबाट सुरु गरिएको थियो, जसको सभाध्यक्षता हालका डिष्ट्रीक्ट गर्भनर लायन विनोद ढुंगानाले गर्नुभएको थियो।
मनोनीत डिष्ट्रीक्ट गर्भनर लायन पार्वती खरेलले “Serve, Lead, and Rise” भन्ने नारालाई आत्मसात गर्दै आफ्नो कार्यकालमा महिला, बालबालिका, युवा, स्वास्थ्य, शिक्षा, वातावरण, महिला सशक्तीकरण र कृषि क्षेत्रमा विशेष योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै, हाल डिष्ट्रीक्ट ३२५ आई अन्तर्गत रहेका २६६ क्लबहरूलाई विस्तार गर्दै आगामी वर्षमा १०० भन्दा बढी नयाँ क्लब स्थापना गर्ने लक्ष्य पनि सार्वजनिक गर्नुभयो।
नेपालकै सबैभन्दा ठूलो र प्रभावशाली लायन्स डिष्ट्रीक्टका रूपमा स्थापित डिष्ट्रीक्ट ३२५ आई ले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि अन्तर्राष्ट्रिय स्तरमा नयाँ कीर्तिमान र गौरवपूर्ण पहिचान स्थापित गर्ने दृढ विश्वास व्यक्त गरिएको छ।