काठमाडौं, जेठ १९ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँले मूल्य बढाइएको हो।
नयाँ मूल्य गएरातिदेखि नै लागू गरिएको निगमले जनाएको छ। यो मूल्यवृद्धि देशभरका विभिन्न स्थान अनुसार फरक–फरक रुपमा लागू हुनेछ।
निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि तथा खुद मूल्य संरचना समायोजन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर मूल्य समायोजन गरेको जनाएको छ।
यसैगरी हवाई इन्धनको मूल्य भने घटेको निगमले जनाएको छ । आन्तरिक तर्फ रु ३ र अन्तराष्ट्रिय तर्फ २२ डलरले घटेको निगमले जनाएको हो ।